एप्पलले मङ्गलवार आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स लन्च गरेको छ ।
यस पटक कम्पनीले डिजाइनदेखि फिचरसम्म दुवै ह्यान्डसेटमा धेरै ध्यान दिएको छ । यसमा टाइटेनियम बडी प्रयोग गरिएको छ । जसमा बेजेल पनि कम गरिएको छ । यसका साथसाथै राम्रो क्यामेरा फिचर पनि दिइएको छ ।
पहिलो पटक एप्पलले आफ्नो कुनै पनि आइफोनमा यूएसबी टाइप–सी पोर्ट प्रयोग गरेको हो । जसको मतलब प्रयोगकर्ताले अब नयाँ एन्ड्रोइड फोनहरूको चार्जरबाट पनि आइफोन चार्ज गर्न सक्नेछन् ।
आईफोन १५ प्रो सिरिजमा एक्सन बटन प्रयोग गरिएको छ । जसले प्रयोगकर्तालाई धेरै नयाँ एक्सेस दिनेछ । यो एक बटनमा धेरै कमान्ड सेट गर्न सकिन्छ । यो प्रयोगकर्ताका लागि निकै उपयोगी साबित हुने कम्पनीको विश्वास छ ।
आईफोन १५ प्रो सिरिजमा दुईवटा ह्यान्डसेट छन् र दुवैको स्क्रिन साइज फरक छ । आइफोन १५ प्रोमा ८.१ इन्चको डिस्प्ले छ र आइफोन १५ प्रो म्याक्समा ६.७ इन्चको स्क्रिन छ । दुवै ह्यान्डसेटमा १२०एचजेडको रिफ्रेस दर हुनेछ। जसले राम्रो गेमिङ अनुभव र स्क्रोलिङ अनुभव दिन्छ ।
आइफोन १५ प्रो सिरिजको ब्याक प्यानलमा ट्रिपल क्यामेरा सेटअप छ । यसमा प्राइमरी क्यामेराको लेन्स ४८ एमपीको छ। यसमा २४ एमएम फोकल लम्बाइका साथ एफ/१.७८ एपर्चर प्रयोग गरिएको छ ।
यो क्यामेरा सेटअपको साथ सेकेन्ड जेनेरेसन सेन्सर–सिफ्ट ओआईएस प्रदान गरिएको छ । अप्टिकल जुमको साथसाथै फोकसका लागि एआईडीएआर स्क्यानर पनि उपलब्ध हुनेछ । जसले कम प्रकाशमा राम्रो फोटोग्राफी सुविधा प्रदान गर्नेछ । पछाडिको प्यानलमा अल्ट्रा वाइड एंगल क्यामेरा लेन्स सहितको म्याक्रो क्यामेरा सेन्सर पनि छ ।
आईफोन १५ प्रो सिरिजमा दुईवटा मोडल छन् । आईफोन १५ प्रोको प्रारम्भिक मूल्य ९९९ अमेरिकी डलर र आइफोन १५ प्रो म्याक्सको मूल्य १ हजार १९९ अमेरिकी डलर राखिएको छ ।