×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । अमेरिकी अरबपति व्यवसायी एलन मस्कले आफ्नो सामाजिक सञ्जाल एक्स (ट्विटर) मा अडियो र भिडियो कल सुविधा दिने घोषणा गरेका छन् । 

मस्कका अनुसार ट्विटरमा चाँडै प्रदान गरिने अडियो र भिडियो कलको सुविधा एन्ड्रोइड, आईओएस, पीसी र म्याक सबै माध्यममा उपलब्ध हुनेछ ।

उनी ट्विटरमा लेख्छन्,‘एक्समा चाँडै अडियो र भिडियो कलको सुविधा दिइनेछ । यो फिचर आईओएस, एन्ड्रोइड, एप्पल म्याक र माइक्रोसफ्टको कम्प्युटरमा प्रयोग गर्न सकिनेछ ।’

फेसबुक म्यासेन्जर, वाट्सएप, इन्स्टाग्रामजस्ता एप्समा यस्ता किसिमका सुविधा यसअघि नै प्रदान गरिसकिएको छ ।

Back to top