×

वीरगञ्ज । अघिल्लो वर्षहरूको तुलनामा पर्सा जिल्लामा गत आर्थिक वर्षमा बैङ्किङ कसुरका मुद्दामा वृद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ६४ प्रतिशतले बैङ्किङ कसुरको मुद्दामा वृद्ध भएको हो ।

आर्थिक वर्ष २०७९/८० मा जिल्ला प्रहरी कार्यालय पर्सामा कूल ६ सय २ वटा बैङ्किङ कसुरको मुद्दा दर्ता भएको पर्सा प्रहरीद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ । त्यसअघिको आर्थिक वर्ष २०७८/७९ मा पर्सा प्रहरीले ३ सय ८४ वटा मात्र बैङ्किङ कसुरको मुद्दा दर्ता गरेको थियो ।

पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले तीन वर्षको तथ्याङ्कलाई केलाउँदा गत आर्थिक वर्षमा बैङ्किङ कसुरको मुद्दामा ह्वातै वृद्ध भएको देखिन्छ ।

गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएका ६ सय २ बैङ्किङ कसुरका मुद्दा मध्ये ५ सय २० वटा मुद्दा फर्छ्यौट भएका छन् । ८२ मुद्दाको अहिलेसम्म टुङ्गो लाग्न नसकेको एसपी शाहले जानकारी दिए । एसपी शाहले जिल्लामा दर्ता भएका २२ सय ७२ मुद्दामध्ये अधिकांश मुद्दा बैङ्किङ कसुरको रहेको समेत बताए ।

प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७७/७८ मा जम्मा ७२ वटा बैङ्किङ कसुरका मुद्दा दर्ता भएकोका थिए ।

Back to top