×

संसद्मा एकजना सांसदले अर्धनग्न हुने सम्मको अवस्था कसरी आयो? कुनै लहड मा वा बौलाएर आएको त पक्कै पनि होइन होला ।

मिलीजुली राज्य सत्ताको दोहन गर्ने सिन्डीगेट प्रणाली र देश लाई कंगाल बनाउनेसम्मको संस्थागत भ्रष्टाचारविरुद्धको आक्रोश हो डा.अमरेशकुमार सिंहको यो विरोध गर्ने शैली ।

यसलाई कसैले अश्लील हर्कत भनोस वा अमर्यादित शैली । नजरिया फरक हुन सक्छ, बुझाई पनि फरक होला । तर नेपाल को संसदीय ईतिहास मा यो पहिलो घटना भयो ।

राष्ट्रिय अन्तराष्ट्रिय जगतले नेपालको वर्तमान राजनीतिलाई गम्भिरतापूर्वक समीक्षा हुनुपर्छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्मको हर्कत गर्ने नेपालका नेता र प्रशासकहरूले देशकै बेईज्जत गरेर जग हसाई गरेका छन् ।

त्यस्ता व्यक्तिहरूलाई कारवाही गर्ने सवालमा पनि मेरो वा तेरो पार्टी को मान्छे भनेर मतमतान्तर गर्नु हाम्रो राजनीतिको दुखद पक्ष हो ।

अत: समयमै यस्तो वेथिति विसंगतिलाई सच्याउने र समाप्त गर्नेतिर गम्भीर नहुने हो भने जनतालाई सुशासन र समृद्धिको सपना नदेखाए हुन्छ ।

डा. अमरेश त एउटा प्रतिनिधि पात्रमात्र हुन् । भोलि संसद्देखि सडकसम्म धेरै अमरेशहरू ननिस्केलान भन्न सकिन्न ।

अति गर्नु अत्याचार नगर्नु ,पाप धुरी बाट कराउछ भने झै लोकतन्त्रको नाममा लुटतन्त्र बन्द गर्न अब सबै जनता सजग हुनुपर्ने छ । नोट नट अगेन/इनफ इज इनफ त्यत्तिकै भनिएको त होइन रहेछ नि ।

उपाध्याय नेपाली काङ्ग्रेसका नेता हुन् ।

Back to top