×

वीरगञ्ज, ९ चैत ।  शिवम् लेयर्स फार्म प्रा.लि. मापदण्डबमोजिम नै सञ्चालन भएको सञ्चालक शिबजी कलवार दावी गर्छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ गादीस्थित लेयर्स फार्म मापदण्ड विपरितका कुनै पनि काम नगरेको सञ्चालक कलवारले बताए ।

चैत, बैशाख र जेठ यि ३ महिनामा झिँगाको प्रकोप बढी लाग्ने भएका कारण देखिएको बताउँदै उनले आफ्नो उद्योगकै कारण झिँगा देखिएको भन्ने कुरामा अस्विकार गरे । उनले भने, ‘उद्योग त बाह्रै महिना छ, झिँगा पनि बाह्रै महिना लाग्नुपर्ने । अहिले झिँगा लाग्ने समय भएर देखिएको हुँदा उद्योगलाई दोस दिन मिल्दैन ।’ 

सबै दुषित पदार्थहरु उद्योग परिसरमै निर्मित डम्पिंग एरियामा फाल्ने गरेको कलवारको भनाई छ । आफुले पूर्ण रुपमा व्यवस्थित ढंगले उद्योग सञ्चालन गरेको कलवार बताउँछन् । उद्योगका प्रतिनिधिलाई खबरै नगरी आफ्नै हिसावले जनप्रतिनिधि अनुगमनमा आएको बताउँदै उनले उद्योगसँग कुनै समन्वय नभएको बताए । 

यता गाउँपालिकाकी उपाध्यक्ष ममता महतो भने उद्योगको लापरवाहीका कारण त्यस क्षेत्रका जनता महामारीको जोखिममा रहेको बताइन् । पटकपटक अनुगमन गरी व्यवस्थित गर्न पत्राचार गर्दा पनि वेवास्ता गरेको हुँदा अब उद्योग बन्द गराउने गाउँपालिकाले तयारी गरेको उपाध्यक्ष महतोको भनाई छ । 
 

Back to top