×

वीरगञ्ज, ४ चैत । वीरगञ्जमा विद्यालय सुधार योजनाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

गैरनाफामुलक गैरसरकारी संस्था युवालयले पर्सागढी नगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न गरेको हो । वीरगञ्जको बिर्तास्थित होटल अन्नपुर्णमा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णले प्रशिक्षण दिएका थिए । 

साथै महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले पनि विद्यालय सुधार योजनाका बारेमा प्रशिक्षण दिएको युवालयका पर्सा प्रतिनिधी राहुल साहले जानकारी दिए । विद्यालयमा लैंगिक समानतासँगै विभेदरहित शिक्षा एवम् व्यावहारिक शिक्षाको विकासका लागि शिक्षकहरुले गर्नुपर्ने गतिविधिका बारेमा प्रशिक्षकद्वय कर्ण र लामिछानेले प्रकाश पारेका थिए । 

कार्यक्रममा पर्सागढी नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका लगायतको उपस्थिती रहेको थियो । 
 

Back to top