×

वीरगञ्ज, २३ माघ । वीरगञ्जको सिर्सियास्थित स्वास्थ्य चौकीलाई वडा अध्यक्ष आशुतोष चतुर्वेदीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष चतुर्वेदीले सोही वडामा अवस्थित स्वास्थ्य चौकीलाई आइतबार एक कार्यक्रमका विच एक लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । 

स्वास्थ्य चौकीलाई सृदृढ तथा व्यवस्थित ढंगले सञ्चालन गर्न उपकरण तथा आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको वडा अध्यक्ष चतुर्वेदीले बताए । 

चतुर्वेदीले घाउ सफा गर्नका लागि ड्रेसिङ सेट, सामग्री राख्न ३ वटा टिनको बक्सा, उजुरी पेटिका, गेट पर्दा, कार्यालय प्रयोजनका लागि सामग्री ढुवानी गर्न साइकल, ३ वटा प्लाष्टिक टेबुल, हिटर, इन्डक्शन चुल्हो, ताल्चालगायतका आवश्यक सामग्री स्वास्थ्य चौकी प्रमुख शत्रुघ्न यादवलाई हस्तान्तरण गरेका थिए ।

Back to top