×

फाइल तस्विर ।

वीरगञ्ज, २२ माघ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले राष्ट्रिय पशुपंक्षी अनुसन्धान केन्द्र सप्तरीबाट सार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै डा. राउतले कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले आफ्नो गृह जिल्लामा केन्द्र सार्न लागेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले मन्त्री फेरिएपिच्छे संस्थाहरु सारिँदा विकास निर्माणले गति नलिने तर्क गरे । उनले सरकार संसदप्रति उत्तरदायी छ की छैन भन्दै प्रश्नसमेत गरेका थिए ।

उनले संसदमा सांसदहरुले उठाएका कुराहरु टिपेर त्यसबारेमा के कति कामहरु भइरहेका छन् भन्नेबारेमा सरकारले संयन्त्र निर्माण गरेर जानकारी नगराउने हो भने सांसदहरुले संसदमा बोलिरहनुको अर्थ नरहेको बताए ।

सरकारले मल ल्याउँदा पनि कालोबजारीका कारण किसानले समयमै मल नपाइरहेको भन्दै सरकारले कालोबजारीमा नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

सांसद् डा. राउतले नागरिकता प्रदान गर्ने प्रतिवद्धतामा सरकार कुन चरणमा छ भन्दै प्रश्न गरे ।

Back to top