×

वीरगञ्ज, ३० पुष ।  ग्लोबल बिजनेस कलेजका रोहन कुमार साह उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

वीरगञ्जको नारायणी रंगशालामा शनिवार सम्पन्न नेशनल ईन्फोटेक क्रिकेट कपअन्र्तगत रोहन म्यान अफ दी सिरिजको उपाधिबाट पुरस्कृत भएका छन् ।

उनले खेलअवधिभर ९८ रन बनाए भने १५ विकेट लिएका छन् । उनले ११ अंकका साथ म्यान अफ दी सिरिजबाट पुरस्कृत भएका हुन् । 

उनलाई युवा नेता सुधिर पटेलले पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरेका थिए । 

Back to top