×

वीरगञ्ज, १० मंसिर । बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

शनिबार प्रत्यक्ष र समानुपातिक तर्फ उक्त क्षेत्रको मतगणना सकिएसँगै प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुलाई एक कार्यक्रमका विच निर्वाचित भएको आधिकारिक प्रमाण पत्र वितरण गरिएको हो ।

बारा-४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का कृष्ण कुमार श्रेष्ठ (किसान), प्रदेशसभा सदस्य (क) मा नेकपा एमालेका देवनारायण थारु र (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र प्रसाद सोनार (सोनल) निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा श्रेष्ठले पूर्वमन्त्री एवम् सोही क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद् नेकपा एमालेका एकबाल मियाँलाई १० हजारभन्दा बढीको मतान्तरले पराजित गरेका छन् । त्यस्तै बारा-४ (क) बाट चौधरीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्र बहादुर श्रेष्ठलाई पराजित गरेका छन् भने (ख) बाट सोनलले जसपाका आत्माराम प्रसाद साहलाई पराजित गरेका छन् ।

नवनिर्वाचित तिनैजनालाई बारा-४ मा मुख्य निर्वाचन अधिकृतले निर्वाचित भएको आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

Back to top