×

बारा ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि अहिले बारामा मतदान जारी छ । बाराको सबै निर्वाचन क्षेत्रमा मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

सबै मतदान केन्द्रमा बिहान देखी नै उत्साहजनक रुपमा मतदानमा सहभागी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

बारामा चारवटा निर्वाचन क्षेत्र रहेका छन् । अधिकांस उम्मेदवारले अहिले मतदान गरि आफ्नो क्षेत्रको मतदानस्थलमा गएर मतदाता संग भेटघाट गरिरहेका छन् ।

जिल्लाको सुरक्षा ब्यवस्था कडा बनाइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले ढुक्क संग मतदान गर्न मतदाता लाई अपिल गरेका छन् ।

Back to top