×

बारा १६ कार्तिक । बारा क्षेत्र नं. ४ मा उम्मेदवारी दर्ता गराएपछि पूर्वमन्त्री श्रेष्ठ पटक पटक विवादमा तानिएका छन् । उनले उम्मेदवारी दर्ता गराएकै दिन निर्वाचन आचारसंहिता विपरित बाजा बजाएर उम्मेदवारी दर्ता गराए । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा बाजा रोक लगाएपनि उनले तनहुं र सिमराको बाजा प्रयोग गर्दै उम्मेदवारी दर्ता गराएका थिए ।

उम्मेदवारी दर्ता पछि श्रेष्ठले म्यानपावरलाई प्रयोग गरेर बाराको परवानीपुरमा निर्वाचन आचारसंहिता विपरित चुनावी ब्यानरमुनी ‘फ्रि भिजा फ्रि टिकट’ भन्दै अन्तर्वार्ता राख्न लगाए । उनले मतदातालाई प्रभावित पार्ने गरी अन्तर्वार्ता राख्न लगाएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो । श्रेष्ठले आयोगलाई स्पष्टीकरण बुझाईसकेका छन् ।

त्यसपछि उम्मेदवार श्रेष्ठले बाराको जीतपुरमा आयोजित एक सार्वजनिक बहस कार्यक्रममा मतदातालाई ‘सा.. भाडाका ट्टुहरु’ भन्ने शब्द प्रयोग गरे, जुन शब्दले उनि निकै आलोचित बन्न पुगे । सार्वजनिक कार्यक्रममा उनलाई राखिएको प्रश्न लगत्तै होहल्ला हुन थालेपछि उनले आक्रोशित हुदै उक्त शब्द प्रयोग गरेका थिए । मतदातालाई भाडाको टट्टु भन्दै गर्दा यस क्षेत्रको मतदाता नामावलीमा आफ्नो नाम समेत नरहेको कुरा उनले बिर्सिए ।

यसअघि श्रेष्ठमाथी बेलायतमा ७५ हजार पाउण्ड स्टर्लिङ (हालको दरअनुसार करिब ७७ लाख नेपाली रुपैया) ठगी गरेको आरोपमा अख्तियारमा उजुरी परेको छ । श्रेष्ठविरुद्ध अख्तियारमा सी–०१४९७२ नम्बरमा उजुरी दर्ता छ । अख्तियारले उक्त उजुरी माथी कारवाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

वाग्लेको प्रति मतदाताको आकर्षण बढदै

बारा क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्यका लागि दुई पूर्वमन्त्री सहित तीन जना प्रतिस्पर्धामा छन् । नेकपा एमालेको तर्फबाट पूर्व युवा तथा खेलकुद मन्त्री एकबाल मियां र नेकपा एकिकृत समाजवादीबाट पूर्व श्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान), त्यसैगरी नेपाली कांग्रेसका नेता इच्छाबहादुर वाग्लेले स्वतन्त्र उम्मेदवारी दिई चुनावी मैदानमा छन् ।

एमालेका उम्मेदवार मियां बारा परवानीपुर गांउपालिका १ का स्थानीय नागरिक हुन। तनहुं छोडेर बारा आएर निर्वाचन लड आएका हुन ।दुई पूर्वमन्त्री बाहेक यस क्षेत्रमा नेपाली कांग्रेसका नेता इच्छाबहादुर वाग्लेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनका नाममा कांग्रेसलाई सिध्याउने खेल भएको भन्दै वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसका कार्यकर्ता माझ लोकप्रीय वाग्लेको उम्मेदवारीले यस क्षेत्रको निर्वाचन त्रिपक्षीय मोडमा पुगेको छ ।

उम्मेदवारी दर्ता गराएसंगै निर्वाचन प्रचारमा जुटेका तीन उम्मेदवारमध्ये यतिबेला एकिकृत समाजवादीका उम्मेदवार श्रेष्ठलाई कठिन हुने देखिएको छ । सिमरामा जग्गा प्लटिङको कारोवार र होटल व्यवसाय गर्दै आएका श्रेष्ठले कांग्रेसलाई पाखा लगाउदै आफै उम्मेदवार बनेकाले बढि संकट पर्ने देखिन्छ ।

कांग्रेसले टिकट प्राप्त गर्ने सम्भावनालाई उल्टाउंदै श्रेष्ठले टिकट लिएपछि कांग्रेसका नेताकार्यकर्ता रुष्ट छन् । कांग्रेसका नेताकार्यकर्ता रुष्ट भएका कारण श्रेष्ठलाई निर्वाचन सहज नहुने निश्चित छ । यस क्षेत्रमा कांग्रेसको बलियो जनमत छ । बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्ने हो भने यस क्षेत्र भित्र गठबन्धन दलतर्फ कांग्रेस पहिलो नम्बरमा पर्दछ भने एकिकृत समाजवादी पुछारमा पर्छ ।

बारा क्षेत्र नं. ४ मा रहेको ३८ वटा वडामध्ये एकिकृत समाजवादीले तीन वडामा मात्रै जित हात पारेको छ । समाजवादीले जीतपुरसिमरा १०, बिश्रामपुर ४ र प्रसौनी ३ मा जितेको थियो ।

तर यसै निर्वाचन क्षेत्रमा कांग्रेसले आठ वडा जितेको छ । जीतपुरसिमरा उपमहानगरको नगर उपप्रमुख पद केही मतान्तरले गुमाउन पुगेको कांग्रेसले जीतपुरसिमराको १, ५, २२, २४, कलैयाको १७, परवानीपुरको १, प्रसौनीको २ र बिश्रामपुरको ३ नम्बर वडा जितेको हो । यस क्षेत्रमा गठबन्धन दलभित्रका लोसपाले चार र माओवादी केन्द्रले चाररचार वडा जितेका छन् ।

कांग्रेस, लोसपा र माओवादी भन्दा कमजोर रहेको अवस्थामा एकिकृत समाजवादीले प्रतिनिधिसभा सदस्यको टिकट लिएको हो । यस क्षेत्रमा बलियो जनमत रहेको कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा दुवै क्षेत्रमा टिकट प्राप्त गर्न सकेन जसले गर्दा कांग्रेस कार्यकर्ता झन् बढि निराश छन् ।

यता सांगठनिक हिसाबले अत्यन्तै कमजोर एकिकृत समाजवादीका जिल्लास्थित नेता कार्यकर्ताले समेत श्रेष्ठको आगमन पछि असन्तुष्ट हुंदै पार्टी छाडेका छन् । एमाले विभाजित हुंदा एकिकृत समाजवादीतर्फ लागेका जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा सहितका नेताकार्यकर्ता एमाले फर्किएका छन् । मधेस प्रदेशका विधायक समेत रहेका विश्वकर्मा, अर्की विधायक सिता गुरुङसहित जिल्ला सचिवालय र जिल्ला कमिटीका नेताहरु एमाले फर्किएपछि एकिकृत समाजवादी झनै कमजोर बन्न पुगेको छ । उनिहरु एमाले प्रवेश गरेसंगै समाजवादीतर्फ लागेका उनिहरुका कार्यकर्ता पनि एमालेमा समाहित भएका छन् ।

लामो समयदेखी जिल्लामा राजनीति गर्दै आएका कांग्रेस नेतृत्वलाई पछार्दै टिकट लिएका श्रेष्ठ अहिले तिनै असन्तुष्ट नेताकार्यकर्ता बटुलेर चुनावी अभियान अघि बढाउदैछन् । जुन श्रेष्ठका लागि सकस देखिएको छ ।

श्रेष्ठले अहिले २०७४ सालको निर्वाचनमा निर्वाचित भएको तनहुं १ कांग्रेस नेता रामचन्द्र पौडेललाई छोडेर बारा आएको बताइरहेका छन् । तर तनहुं १ मा कांग्रेसका नेता पौडेलले प्रतिस्पर्धा गर्ने निश्चित भएको र उनको क्षेत्रमा समाजवादीको प्रभाव कम भएपछि उनि बारा आएका हुन् । श्रेष्ठ निर्वाचित तनहुं १ मा गएको स्थानीय तह निर्वाचनमा नेकपा एकिकृत समाजवादीले आठ सय ५२ मत मात्रै प्राप्त गरेको थियो । उक्त क्षेत्रमा कांग्रेसको ३३ हजार, एमालेको २८ हजार र माओवादीको आठ हजार मत छ ।

कांग्रेसलाई पन्छाउदै प्रदेशसभाको दुई क्षेत्रमा माओवादी केन्द्र र लोसपालाई साथमा लिएर अघि बढेका श्रेष्ठ अहिले तिनै कांग्रेस कार्यकर्ताको मतमा निर्भर छन् । कांग्रेस कार्यकर्ताले मत दिए चुनाव जित्ने दाउमा छन् । तर कांग्रेसबाट लामो समय राजनीति गर्दै आएका वाग्ले उनका लागि पर्खाल बन्ने देखिन्छन् । कांग्रेसको अगुवा नेताका रुपमा चिनिने वाग्ले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा अघि बढिरहेका छन् । उनलाई कांग्रेस कार्यकर्ताले साथ दिन थालेका छन् ।

उम्मेदवार नै नभएको क्षेत्रमा लामो समय कांग्रेसको राजनीति गरेका वाग्ले मतदाताका लागि विकल्पका रुपमा अगाडी आएको चर्चा हुन थालेको छ । होटल तथा पर्यटन व्यवसायमार्फत सिमरालाई चिनाउन र त्यसैको माध्यमबाट यस क्षेत्रको विकासमा योगदान पु¥याएका वाग्ले कमजोर उम्मेदवार नभएको तर्क गर्न थालिएको छ । वाग्लेको चुनावी अभियानमा कांग्रेसका सक्रिय नेताकार्यकर्ता साथमा देखिन थालेपछि उनलाई बलियो उम्मेदवारका रुपमा हेर्न थालिएको छ । २०७८ को स्थानिय निर्वाचनमा काग्रेसले माओबादिलाई सहयोग गरेता पनि माओबादिले काग्रेसलाई भोट नदिदा उपमेयरमा हार ब्यहोर्नु परेको तितो यर्थाथ बिर्सन नहुने वाग्ने निकट राजेश ले बताएका छन ।

Back to top