वीरगञ्ज १३ कात्तिक । वीरगञ्जको बजारमा शनिबार बिहान भिख माग्दै गरेको अवस्थामा भेटिएका वीरगञ्ज वडा नम्बर ९ का विनोद परियारले भने,‘ भीख मागेरै छठ पर्ब गर्ने आमाको भाकल पुरा गर्दैछु । आमाको भाकल पुरा गर्न विगत ३१ वर्ष देखि छठका लागि भिख माग्दै आएको उनि बताउछन् ।
परियारकी आमा राधा देवीले २०५० साल देखि नै छठ पर्ब गर्दै आएकी छन् । भगवानको कुनै जात र समुदाय हुदैन, राधादेवीले भनिन्, छठी माता प्रति मेरो अगाधा आस्था छ ।
वीरगञ्ज अशोकवाटीकाकी सुमन पाण्डेले पनि डेढ दशक देखि छठ पर्ब माउदै आएकी छन् । श्रीमान बिरामी हुनुहुन्थ्यो , उहाँलाइ सन्चो भयो भने म छठ पूजा गर्छु भन्ने भाकल गरे, उनले भनिन्, उहाँको रोग पनि निको भयो, अनिल त्यही साल देखि मैले छठको ब्रत शुरु गरे ।
यसो त छठ पर्बलाइ तराइ मधेशवासीको चाड भन्ने गरिन्छ । तर पछिल्लो केहि वर्ष यता पहाडी मुलका महिलाहरुले पनि छठ पर्ब मनाउदै आएका छन् ।
वीरगञ्जमा झण्डै २० प्रतिशत भन्दा बढि पहाडी मूलका समुदायको बसोबास छ । यहाँका अधिकांश पहाडी मूलका महिलाहरुले पनि छठ पर्ब मनाउदै आएको भोजपुरी साहित्यमा विद्यावारिधी गरेका प्राध्यापक डाक्टर विश्वम्भर शर्मा बताउछन् ।
हुन त छठलाइ तराइ मधेशीको पर्ब भनिन्छ, उनले भने, तर अब यो पर्ब मधेसी पहाडी सबै समुदायको भएको छ । ‘छर्ठ पर्ब सामाजिक सदभाव र सामाजिक सहिष्णुताको पर्ब हो, उनले थपे, उनले थपे, यो पर्बमा न कोही मधेसी हुन्छ, न कोही पहाडी हुन्छ, न त कुनै छुवाछुतको विभेद गरिन्छ, जो जुन जातिको भएपनि एउटै थलोमा संगै बसेर छठी माताको पूजापाठ गर्छन् ।
वीरगञ्ज घडीअर्वाका शम्भु साह कानु भन्छन्,‘ सामाजिक सदभाव र प्रेम हेर्नुछ भने छठ घाटमा जानुस, त्यहा न कसैले जाती सोध्छ न कसैले धर्म सोध्छ, सबैले एक भाव एक चित्तले मनाउछन् ।
मधेसमा जारी आन्दोलनका कारण मधेसी र पहाडी बिच आपसी कटुता बढेका बेला छठ पर्बले सामाजिक सदभाव बढाएको नागरिक समाजका अगुवा पन्नालाल गुप्ता बताउछन् । छर्ठ पर्बले मधेसी र पहाडी समुदाय बिचको अन्तर कलहलाइ समाप्त पार्ने उनको बुझाइ छ ।