×

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना पराजित भएको छ। 

समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा इन्टर मिलानले बार्सिलोनालाई १–० ले हराएको हो।

इन्टरको जितमा हाकन काल्हानोग्लुले निर्णायक गोल गरे। उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरे।

खेलको दोस्रो हाफमा बार्सिलोनाका पेड्रीको गोलले मान्यता पाएन। गोल अघिको फउलको कारण भीएआरमा उनको गोलले मान्यता नपाएको हो। यस जितसँगै इन्टरले ३ खेलमा ६ अंक जोडेको छ।

समूह सी को इन्टर दोस्रो स्थानमा रहेको छ। बार्सिलोना ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ।

Back to top