×

वीरगञ्ज १६ असोज । वीरगञ्जमा पछिल्लो केही वर्षदेखि बडा दसैँको समयमा लाग्दै आएको रमाइलो मेलामा विकृति बढ्दै गएको छ ।

यहाँको मूख्य खुल्ला स्थान घण्टाघर नजिकै रहेको विपी उद्यानको जग्गामा लाग्ने गरेको यस रमाइलो मेलामा अनुमति विना विभिन्न गलत गतिविधि सञ्चालन हुनेदेखि गैरकानूनी रुपमा जुवाको खेलसमेत हुने गारेको पाइएको स्थानीयहरुले गुनासो गरेका छन् । 

त्यसका साथै यहाँ लागेका पिङ्ग (झुला) हरु पनि कम्जोर र कम गुणस्तरको रहेको पाइएको छ । यसरी कम गुणस्तर र कम्जोर पिङ्गहरु प्रयोग गर्दा दुर्घटना हुने सम्भावना उच्च रहेको र त्यसले जनधनको क्षतिसमेत हुनसक्दछ । 

आस्था नेपाल नामक संस्थाले लगाएको यस रमाइलो मेलामा अवैध तरिकाले टिकटको नाममा मनमौजी रकमसमेत असुल्ने गरिएको छ । केही दिनदेखि अगीसम्म मेलाको प्रवेश शूल्क ५० रुपैयाँ रहेमा अहिले त्यसलाई बढाएर १०० रुपैयाँ गरिएको छ । 

वीरगञ्जमा दसैँको मेला हेर्न आउने श्रद्धालुहरुको भिड बढेको मौका छोपेर मेलाका आयोजकहरुले टिकटको दर बढाएका हुन्  । यसरी आयोजकहरुले स्थानीय सरकार र प्रशासनसँग अनुमति लिएको भन्दा बढी रकम असुल गरिरहेको बुझिएको छ । 

यति मात्र नभएर मेलाका आयोजकहरुले स्थानीय प्रशासनले तोकेको न्यूनतम मापदण्डसमेत पालना गरेका छैनन् । यसरी खुल्ला रुपमा अवैधि गतिविधि गर्नेदेखि मापदण्डको पालना नहुँदासमेत स्थानीय प्रशासनले यसलाई रोक्न कुनै कदम नउठाएको पाइएको छ । 

Back to top