×

वीरगञ्ज, ६ असोज ।  एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण घटाएको छ ।

एडीबीले बुधबार सार्वजनिक गरेको ‘एसियल डेभलपमेन्ट आउटलुक २०२२’ रिपोर्ट अनुसार चालु आर्थिक वर्ष (सन् २०२२–२३) मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ४.७% ले वृद्धि हुने प्रक्षेपण रहेको छ । 

जुन यसअघि प्रक्षेपण गरिएको ५.८% भन्दा थोरै हो । एडीपीको प्रक्षेपण नेपाल सरकारले चालु आर्थिक वर्षका लागि तय गरेको आर्थिक वृद्धिदरको लक्ष्य भन्दा निकै कम हो ।नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ८% को आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।

बढ्दो आयातलाई निरुत्साहित गर्न गरिएको नीतिगत कडाई, विदेशी मुद्रा सञ्चितिमा कमी र मुद्रास्फीतिको दबाबका कारण नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण कम गरिएको एडीबीले जनाएको छ । आर्थिक स्थिरताका लागि नेपालले केही खर्चहरुमा कटौती गर्नुपर्ने पनि एडीबीको भनाई छ ।
 

Back to top