×

वीरगञ्ज, ६ असोज । आज मधेश प्रदेशसहितका अन्य प्रदेशमा वर्षको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेको छ ।

आज प्रदेश १ सुदूरपश्चिम, बागमती, मधेश, गण्डकी प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो पनि देशभर आंशिक बदली भई केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Back to top