×

वीरगञ्ज ५ असोज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरामा रहेको श्री नृसिंह माद्यामिक विद्यालय भ्रष्टाचारीको अड्डा बनेको छ । 

विद्यालयका प्रधानाध्यापक बिनोद कुमार मेहताले अंग्रेजी माध्यको नाममा लुट मच्चाएको स्थानिय अभिभावकहरुले आरोप लगाएका छन् । 

विद्यालय पसिरमा अभिभाव समिति गठनका लागि बसेको बैठकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु प्रसाद कुर्मीले विद्यालयका प्रअ मेहताले केहि स्थानिय वाउन्सरहरुको सहयोगमा विद्यालयमा अनधिकृत रुपमाविद्यार्थीहरुसँग शुल्क उठाई आर्थिक भ्रष्टाचार गरेको तथा विद्यालयको सम्पतीको दोहन गरेको आरोप लगाएका छन् । 

विद्यालय व्यवस्थापन सिमितिका अध्यक्ष कुर्मीले आफु विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको भएपनि प्रअ मेहताले पूर्व व्यवस्थापन समितिका अध्यक्ष लगायतका केही स्थानिय व्यक्तिहरुको मिलोमतोमा समितिका अन्य सदस्यहरुलाई आर्थिक प्रलोभनमा पारी एकलौटी गङ्गबाट विद्यालय संचालन गरी रहेको खुलासा गरे । प्रअले नै जालसाजी गरी आफुलाई व्यवस्थापन समितिमा अल्पमतमा पारेको कुर्मीले आरोप लगाए ।

भिडियो र्हेन यहा क्लीक गर्नुस, श्री नृसिंह माध्यामिक विध्यालय पिपरामठका बिध्याथीहरू आक्रोसित भएर वीरगंज महानगरपालिका अगाडी नाराबाजी र बिरोध प्रदर्शन गरे

अभिभावक भेलालाई सम्बोधन गर्दै वडा नम्बर १४ का वडा अध्यक्ष महबुब ऐलाहीले सकारी नियमको धज्जी उठाउँदै प्रअ मेहताले करोडौं रकम बिद्यार्थीहरुसँग असुली गरेको तथा त्यसको हिसाव किताव पारदर्शी नगरेको अरोप लगाए । 

वडा अध्यक्ष ऐलाहीले आफुले स्कुलको गलत गतिबिधि बारे वीरगञ्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण एवं वीरगञज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई समेत जानकारी गराएको बताए । 

उनले बिद्यालयमा भइरहेको गुणस्तर हिन शिक्षा पद्धती एवं आर्थिक अनियमिता बिरुद्ध सबै अभिभावकहरु एक जुटभई लागनु पर्ने कुरामा जोड दिए । 

स्थानिय युवा नेता एवं एकिकृत समाजवादी पार्टी निकट युवा संघका केन्द्रिय सदस्य अनिल पटेलले प्रअ मेहताले समुदायिक स्कुलमा निजि स्कुल भन्दा बढी शुल्क लिने गरेको बताए । 

उनले बिद्यालयले प्लस टु ११ कक्षा व्यवस्थापन संकाय तर्फ भर्ना शुल्क नेपाली र अग्रेजी मिडियममा रु ३ हजार शुल्क लिने गरेका छन् भने मासिक शुल्कको नाममा नेपाली मेडियममा १ हजार र अग्रेजी मेडिमको लागि १५ सय शुल्क लिने गरेको बताए । 

यसैगरी बिज्ञान संकाय ११ कक्षाको भर्नाको लागि १० हजार र मासिक शुल्क व्यवस्थापनको लागि भन्दै १५ सय लिने बिद्यलाय लिने गरेको पटेलले बताए । त्यसैगरी प्राविधिक डिपलोमा भर्नाको लागि रु ७ हजार र मासिक शुल्क १ हजार बिद्यालयले असुली गरी रहेको पटेलले बताए ।

मेहता प्रअ भएर बिद्यालयमा आएको अढाई बर्ष हुँदा सम्म हाल सम्म बिद्यालयले उठाएको शुल्क बापतको रकमको हिसाब किताव फरफारक नगरेको तथा त्यसको समाजिक लेखाजोखा समेत नगाएको भन्दै अभिभावकहरुले प्रअ भ्रष्ट रहेको भन्दै तत्काल कारावहीको माग गरे । 

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु प्रसाद कुर्मीले बैठक अहवान गरेको भएपनि बिद्यालय व्यवस्थापन समितिका कुनै पनि सदस्यहरु अभिभावक भेला उपस्थित रहेका नभएको बताए । 

एक जना स्थानिय अभिभावकले स्कुल व्यवस्थापन समितिमा रहेका सबैको घरबाट एक एक जनालाई प्रअ मेहताले जागिर दिएको बताए । 

स्थानियहरुले विद्यालयको शैक्षिक गुणस्तर खस्किएको तथा आसेपासेलाई जागिर दिएर वाउन्सरको भरमा मेहताले विद्यालय संचालन गरेको आरोप लगाए । 

आजको भेलामा प्रअ मेहता सहितका व्यवस्थापन समितिका अन्य सदस्यहरुको उपस्थिती नरहेको कारण मेहताको तर्फ कुनै प्रतिक्रिया नआएको भएपनि उनले अग्रेजी मेडियमको नाम ठूलो रकम दमपच गरेको कारण भेलामा उपस्थित नभएको स्थानियहरुले आरोप लगाए । 

बिद्यालयले आर्थिक बर्ष २०७५÷०७६ देखि आर्थिक बर्ष २०७८÷७९ सम्मको आर्थिक कारोवारको समाजिक लेखाजोखा गराउनु पर्ने तथा बिद्यालयको अडिट रिर्पोट अभिभावकलाई हेराउनु पर्ने भन्दै बिद्यालय परिसरमै अभिभावकहरुले हो हल्ला गरेका थिए । केहि दिन अघि मात्र प्लस टुमा अध्यनरत बिद्यार्थीले शुल्क घटानु पर्ने भन्दै ¥याली समेत निकालेको थियो ।
 

Back to top