×

वीरगञ्ज २० साउन । एक कर्मचारीको असमायिक निधन भएकोले वीरगञ्ज महानगरपालिका कार्यालय आज बन्द रहेको छ ।

वीरगञ्ज महानगरपालिकाको विधुत शाखामा कुल्ली पदमा कार्यरत कर्मचारी सुशील कुमार राउतको असमायिक निधन भएकोले शोकमा महानगरपालिकाको कार्यालय बन्द रहेको हो ।

एक दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द रहने महानगरपालिकाको कार्यालयले सुचना जारी गरेको छ । 

राउतको शोकमा महानगरपालिकाको कार्यालयमा शुक्रबार शोक सभा पनि आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जारी गरेको सुचनामा उल्लेख छ ।


 

Back to top