×

वीरगञ्ज १२ असार । हिन्दूवादी अगुवाहरुको बृहत बैठक एवम् छलफल कार्यक्रम आज मधेस मीडिया हाउस काठमाडौँको अनामनगर हनुमानथानमा सम्पन भएको छ । 

हिन्दू परिषद् नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले सहजीकारण गरेको कार्यक्रममा सनातन धर्मका अगुवा एवम् अभियन्ताहरु धर्मपाल गुरु वशिष्ठ, दीपक महराज आत्रेय, डा.नारायणचार्य देवबाबा, राममणि दास, श्याम कुमार भट्टराई र किशोर यादव लगायतको सहित सहभागी रहेका थिए । 

कार्यक्रममा बोल्ने बक्ताहरुले आफ्नो आचरण सनातन धर्म अनुसार हुनु पर्ने, सहभोज कार्यक्रम ब्यापक रूपमा गर्ने, घरायसी संस्कारमा बिशेष जोड दिनुपर्ने, धार्मिक संघ संस्था बीच कार्य गर्दा सहकार्य गर्ने, हिन्दू धर्म र संस्कृति माथि आक्रमण हुदा आ–आफ्नो क्षेत्र बाट नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।

साथै गुरुकुल स्थापन बारे जनजागरण गर्ने, गौ हत्या र तस्करी बारे आक्रमक कार्यक्रम गर्ने एवं संरक्षणका लागी रचनात्मक भूमिका निर्वाह गर्ने, लबजिहाद बारे ब्यापक जनचेतना जगाउने कार्य गर्ने, हाम्रो आस्था केन्द्र माथि बोलने र उत्तरीने समूह संग प्रतिकारको लागी तैयार रहने बिषय लगायतको सम्बन्धमा कार्य गर्न बक्ताहरुले जोड दिएका थिए ।
 

Back to top