×

वीरगञ्ज, अषाढ १२ ।  पर्साको सखुवाप्रसौनी गाउँपालिकामा अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाइएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आईतवार श्री दिपनारायण आदर्श नमुना माद्यामिक विद्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । 

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक किशोर आचार्यले कक्षा १२ मा अध्ययनरत छात्रछात्राहरुलाई लागु औषधको प्रयोग, यसका असर एवम् अवैध तस्करीका बारेमा प्रशिक्षण दिएका थिए । 

लागु पदार्थको सेवनबाट स्वास्थ्यमा पर्ने असरका बारेमा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक राजेश रौनियारले विद्यार्थीहरुलाई जानकारी गराएका थिए । 

कार्यक्रममा विभिन्न वडाका स्वास्थ्य चौकी प्रमुखहरु, गाउँपालिकाका कम्प्युटर अपरेटर धिरेन्द्र प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो । 
 

Back to top