×

वीरगञ्ज, १२ अषाढ । सामाजिक संस्था सानो पाइलाले अन्तर्राष्ट्रिय लागूपदार्थ दुव्यर्सन तथा ओसार पोसारविरुद्धको दिवसको अवसरमा वीरगञ्जमा साताव्यापी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आज आइतबारदेखि शुरु हुुने लागूऔषध सेवन तथा ओसार पसार विरुद्धको ७ दिने अभियानको पहिलो दिन आइतबार बिहान घण्टाघरमा अभियानको समुद्घाटन गर्नुका साथै सचेतनामुलक र्‍याली निकालिने सानो पाइलाले जनाएको छ ।

अभियानको दोश्रो दिन असार १३ गते मैत्रीपूर्ण क्रिकेट खेल, तेश्रो दिन असार १४ गते घण्टाघर, माइस्थान र बसपार्कमा सडक नाटक प्रदर्शन र सूचना डेस्क सञ्चालन, चौथो दिन असार १५ गते वीरगञ्ज कारगारमा अन्तकरृया कार्यक्रम, पांचौं दिन असार १६ गते वीरगञ्ज र पोखरीयाका विधालयहरुमा विधार्थीहरुसँग छलफल कार्यक्रम गरिने सानो पाइलाका विवेक कर्णले जानकारी दिए ।

अभियानको छैठौ दिन असार १७ गते वीरगञ्जको इन्फोटेक कलेजमा अन्तर विधालय वक्तृत्वकला प्रतियोगता र अभियानको अन्तिम तथा सातौ दिन असार १८ गते दिप प्रज्वलन, आदर्शनगरमा सन्देशमुलक सांगीतिक कार्यक्रम र अन्तरकृया कार्यक्रम गरि अभियानको समापन गरिने कर्णले बताए।

Back to top