×

तस्विर : सामाजिक सञ्जालबाट ।

वीरगञ्ज, ९ अषाढ । सप्तरीमा जिल्लामा बीहिबार दिउँसो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ ख १८९८ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित हुँदा दुर्घटना भएको हो । दुर्घटना हुँदा बस सडक भन्दा झन्डै २० फिट तल खसेको थियो ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा बिहीबार बिहान बस पल्टिएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ । 

दुर्घटनामा ज्यान गुमाउन व्यक्तिको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

अन्य घाइतेहरुको विभिन्न अस्त्पालमा उपचार चलिरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले जानकारी दिए ।

घटना सम्बन्धि अनुसन्धान भइरहेको उनले बताए ।

Back to top