×

वीरगञ्ज, ९ अषाढ । साप्ताहिक कारोबारको पाँचौं दिन (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । 

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ । 

यसअघि बुधबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको थियो । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो । 

बिहीबार चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएको छ । 

यसअघि बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको थियो । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ थियो । 

Back to top