×

वीरगञ्ज, ३ जेठ । मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्जमा जनता समाजवादी पार्टी नेपाल (जसपा) ले तेस्रो जित हात पारेको छ ।

महानगरपालिकाको वडा नम्बर ३० मा जसपाका वडा अध्यक्ष उम्मेदवार विजयी भएसँगै पार्टीले महानगरमा तेस्रो जित हात पारेको हो । यसअघि वीरगञ्जको वडा नम्बर १ र ३२ मा जसपाका वडा अध्यक्ष उम्मेदवार विजयी भइसकेका छन् ।

मंगलबार अपराहन्न सम्पन्न वीरगञ्ज महानगर वडा नम्बर ३० को अन्तिम मतगणनाका अनुसार जसपाका मनोज कुमार यादव विजयी भएका छन् । ६ सय ४१ मत प्राप्त गरेका यादवले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारलाई ५५ मतले पराजित गर्दै विजयी भएको प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

यादवले ६ सय ४१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अलि हुसेन देवानले ५ सय ८६ मत प्राप्त गरे भने नेकपा एमालेका अमानत मियाँले ५ सय २४ मत प्राप्त गरेको प्रमुख निर्वाचित अधिकृत पौडेलले बताए ।

जसपाबाट यसअघि वीरगञ्ज महानगरपालिका वडा नम्बर १ मा मनोज राउत कुर्मी र वडा नम्बर ३२ मा रियाज अहमद मियाँ विजयी भइसकेका छन् ।

त्यसैगरी वीरगञ्ज-३१ मा नेकपा एमालेमा जितेन्द्र प्रसाद यादव विजयी भएका छन् ।

Back to top