×

वीरगञ्ज, ३ जेठ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा जसपाका मनोज राउत कुर्मी विजयी भएका छन्। 

मंगलबार बिहान सकिएको वडा नम्बर १ को मतगणनाको अन्तिम परिणाम अनुसार वडा अध्यक्षमा जसपाका कुर्मी विजय भएका हुन्। 

कुर्मी ८ सय ५२ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्ववन्द्वी नेपाली कांग्रेसका ओमप्रसाद गुप्ताले ७ सय ३३ मत मात्रै प्राप्त गरेका छन् । 

वडा नम्बर १ मा कुल ३ हजार १ सय ८ मत खसेको थियो । 

यसअघि नेपाली कांग्रेसकै कार्यकर्ता रहेका कुर्मी , मनोनयनको अन्तिम समयमा कांग्रेसले टिकट नदिएपछि जसपामा प्रवेश गरी जसपाबाट उम्मेदवारी दिएका थिए । 

२०७४ को निर्वाचनमा उक्त वडामा नेपाली कांग्रेसका मनोज गुप्ता निर्वाचित भएका थिए । 

वडा नम्बर १ को वडा अध्यक्षमा कुर्मी विजयी भएसँगै जसपाले महानगरमा दोश्रो जित हात पारेको छ । यसअघि सोमबार वीरगञ्ज ३२ को वडा अध्यक्षमा जसपाकै रियाज मिया विजयी भएका थिए । 

Back to top