×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – १० घडिअर्वास्थित श्रीराम जानकी मन्दिरमा पनि वैशाख ५ गते राम नवमीका महोत्सव आयोजना गरिने भएको छ ।

श्रीराम जानकी मन्दिर समितिको बैठकले वैशाख ५ गते बुधवारका दिन राम नवमी एवम् शोभा यात्रा महोत्सव बनाउने निर्णय गरेको हो ।

उक्त दिन श्रीराम जानकी मन्दिर परिसरबाट बिहान ७ बजे झाँकीसहित भव्य शोभा यात्रा निकालेर नगर परिक्रमा गरिने, बिहान ११ बजेदेखि मन्दिर परिसरमै भजन कीर्तन गरिने, दिउँसो १२ बजेदेखि श्रीराम उत्सवको प्रसाद वितरण गरिनेछ ।

यस्तै त्यही दिन साँझ ४ बजेदेखि मन्दिर परिसरमा रामायण झाँकी प्रदर्शन गरिने, साँझ ६:३० बजे दीप प्रज्वलन तथा महाआरती र बेलुकी ७ बजेदेखि प्रसाद वितरण गर्ने कार्यक्रम रहेको बैठकमा सहभागी सह आयोजक घडिअर्वा स्पोर्टस् क्लबका अध्यक्ष सन्तोष साह कानुले बताए ।

वीरगञ्ज महानगरपालिकाले ३० वर्षपछि अतिक्रमण मुक्त गरी सौन्दर्यीकरण गरेको घडिअर्वाको श्रीराम जानकी मन्दिरमा भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनकै दिन गत माघ ८ गते भगवान् श्रीराम, माता सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठा गरिएको थियो ।

Back to top