×

वीरगञ्ज, ३१ बैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मा पनि जनता समाजवादी पार्टी (जसपा) ले अग्रता लिएको छ । 
६ सय मत गणना गर्दासम्म मेयरमा जसपाले १ सय ८२ मत प्राप्त गरेको छ भने एमालेले १ सय ७८ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७ मत प्राप्त गरेको छ । 

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसले १ सय २८ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २० मत ल्याएको छ । स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ११ मत प्राप्त गरेकी छिन् । 

वडा नम्बर १, ३१ र ३२ बाट ८ सय ९५ मत गणना हुँदासम्म गठबन्धनबाट जसपाका राजेशमान सिंहले ३ सय २० मत ल्याएका छन् । यस्तै नेकपा एमालेबाट बिजय कुमार सरावगीले २ सय ७० मत प्राप्त गरेका छन् । राप्रपाको मेयरका उम्मेदवार गिरीश गरीले ११ मत ल्याएका छन् । 

उपमेयरमा नेपाली कांग्रेसले १ सय ८०, लोसपाले ३८, राप्रपाले १३ र स्वतन्त्रबाट रम्भा मिश्राले १५ मत प्राप्त गरेकी छिन् । 
 

Back to top