×

वीरगञ्ज, ३१ बैशाख ।  वीरगञ्ज महानगरपालिकाको मतगणना अँझै शुरु हुन सकेको छैन । बिहान ११ बजेदेखि गर्ने भनिएको मतगणना राजनीतिक दलका प्रतिनिधि नआउँदा ढिला भएको हो । 

बिहान ८ बजेका लागि बोलाइएको सर्वदलीय बैठक सवा ९ बजे मात्र शुरु भएको हुँदा मतगणना ढिला हुने पौडेलको भनाई छ । 

मतगणना गर्दा हुन सक्ने विवाद समाधान गर्न २२ बुँदे निर्णय सर्वदलीय बैठकले गरेको थियो । निर्वाचन अधिकृत रञ्जिता झाका अनुसार ११ बजे मतगणना गर्ने सहमति भएपनि दलका प्रतिनीधि समयमै नआउँदा मतगणना ढिला हुने भएको हो । 

महानगरका ३२ वटै वडामा १ लाख २४ हजार ६ सय ४७ मतदातामध्ये ९३ हजार ७ सय ८२ मत खसेको छ । शुक्रवार सम्पन्न निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा ७५.२४ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । 
 

Back to top