×

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार साविक विजेता चेन्नई सुपर किङस र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

यी पुछारका दुई टीमको खेल मुम्बइमा राति पौने ८ बजेबाट सुरु हुने छ ।

बिहीबार हुने खेलमा दुवै टीम जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छन् ।

चेन्नई ११ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको छ भने प्ले अफ पुग्ने सम्भावना कायम राख्न पनि चेन्नई मुम्बईमाथि जितको खोजीमा छ ।

११ खेलबाट ४ अंक मात्रै जोडेर पुछारमा रहेको मुम्बई पनि चेन्नईलाई हराएर प्ले अफको सम्भावना कायम राख्ने दाउमा छ ।

Back to top