×

काठमाडौं, २९ बैशाख । सुनको मूल्यमा फेरि वृद्धि आएको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलाको ९७ हजार ८ सय रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९७ हजार ३ सय पुगेको छ ।

आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Back to top