×

एसिया कप २०२२ को आयोजना यसै वर्षको अगस्ट-सेप्टेम्बरमा हुने तय भएको छ। आगामी २२ अगस्टबाट ११ सेप्टेम्बर सम्म हुने तय भएको प्रतियोगिता टी-२० फर्म्याटमा आयोजना हुँदै छ।

यो वर्ष अक्टोबर-नोभेम्बरमा टी-२० विश्वकप आयोजना हुने भएकाले पनि छोटो फर्म्याटमा प्रतियोगिता हुन लागेको हो। तर आयोजकको जिम्मा दिएको श्रीलंकामा प्रतियोगिता नहुने जोखिम बढ्दै जाँदा श्रीलंकाबाट प्रतियोगिता खोसिने संभावना बढेको छ।

श्रीलंकामा अहिले जारी हिंसालाई मध्यनजर गर्दै आईसीसीले संभवत श्रीलंकाबाट प्रतियोगिता अन्यत्र सार्ने विषयमा छलफल सुरु गरेको छ। साथै आगामी जुन-जुलाईमा अस्ट्रेलियाले तीन टी-२० र ५ एकदिवसिय तथा २ टेस्टको सिरिजका लागि श्रीलंका भ्रमण गर्ने कार्यतालिका समेत रद्द हुने जोखिम बढेको छ। पछिल्लो समय सरकार विरोधी प्रदर्शनकारीहरूले शिर्ष नेताको घरमा आगजानी र हत्या हिंसामानै उत्रिएपछि श्रीलंकाको हालत भयवित बन्दै गएको छ।

साथै श्रीलंकाको क्रिकेट बोर्ड (एसएलसी) ले एक आकस्मिक बैठक बोलाएको छ। जसमा श्रीलंकामा हुने अस्ट्रेलियाको भ्रमण र एशिया कप २०२२ को आयोजनाको विषयमा छलफल हुँदै छ। यदि श्रीलंकाले प्रतियोगिता आयोजना गर्न नसकेको खण्डमा प्रतियोगिताको आयोजना दुबैमा हुने संभावना प्रवल छ।

एसियाली क्रिकेट परिषदका अध्यक्ष तथा बिसीसीआईका सचिव जय शाले अहिलेनै एसियाकपका विषयमा कुनै छलफल नभएको बताए। उनले आईपीएलको समाप्ति पछि यो विषयमा निर्णय लिने जानकारी दिए।  

Back to top