×

फाइल तस्विर ।

वीरगञ्ज, १६ चैत । आसन्न वैशाख ३० गते शुक्रबारका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि पर्सा जिल्लामा जनता समाजवादी पार्टी (जसपा) बाट उठ्ने उम्मेदवारहरुलाई सहजीकरण गर्ने जिम्मेवारी सांसद् प्रदीप यादवले पाएका छन् ।

जसपाको केन्द्रीय कार्यालय बालकुमारीले जारी गरेको सर्कुलरका अनुसार पर्सा जिल्लामा स्थानीय तहका विभिन्न पदमा उठ्ने सम्पूर्ण उम्मेदवारहरुलाई पार्टीका नेता कार्यकर्ता, प्रदेश र केन्द्रीय कमिटिसँग समन्वय र सहजीकरण गर्ने जिम्मा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद् प्रदीप यादवले पाएका हुन् ।

पार्टीलाई जिताउन टोलटोल र गाउँगाउँ घुमेर बैठक, गोष्टि, भेला र अन्य प्रचार प्रसारका कामहरु गर्ने जिम्मा पार्टीको केन्द्रीय सदस्यसमेत रहेका यादवले पाएका छन् ।

निलम्बित सांसद् हरिनारायण रौनियारले पनि प्रदीप यादव सरहनै जिल्ला र आफ्नो पालिकाको जिम्मा पाएका छन् ।

त्यस्तै प्रदेशसभा सदस्य करिमा बेगमले बहुदरमाई नगरपालिकाको जिम्मा पाएकी छन् । केन्द्रीय सदस्य जनार्दन प्रसाद यादवले वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिका । टेकबहादुर शाक्यले ठोरी र छिपहरमाई गाउँपालिका । फिरोज मियाँले पनि वीरगञ्ज महानगरपालिकाको जिम्मा पाएका छन् । बालकिशोर यादवले पर्सागढी नगरपालिका । मोहनलाल चौधरीले जिराभवानी र कालिकामाई गाउँपालिका । विरेन्द्र प्रसाद यादवले जगरनाथपुर र धोविनी गाउँपालिका । 

Back to top