×

वीरगञ्ज, २७ फागुन । नेपालीहरुको ठूलो पर्व फागुवा अर्थात होलीको अवसरमा नेकपा एमालेका नेता राजेशमान सिंहले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

यहाँस्थित स्वीमिङ्गपुल परिसरमा आयोजित होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताकासाथ् सम्पन्न भएको हो ।

केही साता अगाडी मात्रै लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका सिंहले आयोजना गरेको कार्यक्रममा एमालेसँगसँगै नेपाली काङ्ग्रेस, जसपा, लोसपा र अन्य स्थानीय उद्योगी, व्यवसायी र  नागरिक समाजका अगुवा पनि पुगेर अविर खेल्दै शुभकामना साटासाट गरेका थिए ।

शुभकामना दिन पुगेकाहरुले आपसी मतभेद र द्वेष अन्त्य गर्दै भाइचार बढाएर पर्सा जिल्लाको विकासका लागि सबै एकजुट हुनुपर्ने सन्देश दिए ।

वर्षभारी एक अर्कासँग प्रतिश्पर्धा गरेपनि होली सबै कुरा भुलेर होली शुभकामना साटासाट गर्दै नयाँ तवरबाट सम्बन्धहरुलाई स्थापित गर्न अवसरका रुपमा प्रयोग गर्नुपर्ने राजेशमान सिंहले बताए ।

गत स्थानीय तहको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट वीरगञ्जको मेयर लडेका सिंह यस पटक पुन: एमालेबाट मेयर लड्ने चर्चा छ ।

Back to top