वीरगञ्ज २१ माघ । गएरातिदेखि देशभर पानी परेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।
हिमपातका कारण सुदूरपश्चिमका पहाडी क्षेत्रमा यातायात बन्द भएकाे छ ।
वीरगञ्जमा पनि गएराति मेघगर्जन र चट्याङ्गसहित पानी परेको छ । बिहानीपख आकाश खुलेर एकछिन घाम लागे पनि फेरि आकाशमा डम्म बादल लागेको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिनभर वीरगञ्ज उपत्यका र देशका धेरै ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहनेछ ।
भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने उहाँको भनाइ छ । पर्सि आइतवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो।
तस्बिर : माैसम पूर्वानुमान महाशाखा