आफ्नो प्रोफाइल लक गरेर फेसबुक अकाउन्टको गोपनीयता बढाउन चाहनुहुन्छ ? यदि तपाईंले आफ्नो प्रोफाइल लक गर्नुभयो भने तपाईंको फेसबुक साथी नभएका मानिसहरुले तपाईंको प्रोफाइलको सीमित कुरा मात्रै देख्न पाउँछन् ।
प्रोफाइल लक गरिसकेपछि तपाईंको फेसबुक टाइमलाइनका फोटा तथा पोस्टहरु, प्रोफाइल पिक्चर तथा कभर फोटो, स्टोरिज तथा नयाँ पोस्टहरु केबल तपाईंको फेसबुक साथीले मात्रै देख्न पाउँछन् । र, तपाईंले फेसबुकमा गर्ने पब्लिक पोस्टहरु पनि पूर्णरुपमा सार्वजनिक नभई केवल फेसबुक फ्रेण्डहरुले मात्र देख्न पाउँछन् ।
यदि तपाईंले आफ्नो फेसबुकलाई माथि उल्लेख गरिएअनुसार गोप्य राख्न चाहनुहुन्छ र केवल आफ्ना साथीहरुमाझ मात्रै आफूलाई प्रदर्शन गर्न चाहनुहुन्छ भने प्रोफाइल लक गर्नु उपयुक्त विकल्प हो ।
तपाईंले मोबाइल एप र ब्राउजर दुबैबाट फेसबुक प्रोफाइल लक गर्न सक्नुहुन्छ । तर फेसबुकको डेस्कटप भर्सनमा भने प्रोफाइल लक गर्ने अप्सन छैन । मोबाइल एपमध्ये पनि एन्ड्रोइड एपमा मात्र प्रोफाइल लक गर्ने सुविधा प्राप्त छ ।
तपाईंले आफ्नो फेसबुक प्रोफाइल लक यसरी गर्न सक्नुहुन्छ-
एन्ड्रोइड मोबाइल एपबाट फेसबुक प्रोफाइल लक गर्नका लागि
डेस्कटपबाट कसरी प्रोफाइल लक गर्ने ?
फेसबुकको प्रोफाइल लक फिचर डेस्कटप ब्राउजरमा उपलब्ध छैन । तर यसका लागि एउटा घुमाउरो काइदा अपनाउन सकिन्छ ।
यदि तपाईंले लक गरिएको आफ्नो फेसबुक प्रोफाइल खोल्न अर्थात् अनलक गर्न चाहनुहुन्छ भने मोबाइल एप र डेस्कटपका लागि प्रक्रिया एउटै हो । माथि उल्लेख गरिए अनुसार Lock Profile अप्सनको साटो Unlock Profile अप्सन देखिन्छ, र त्यसमा रहेको Unlock मा थिचेर वा क्लिक गरेर आफ्नो फेसबुक प्रोफाइल अनलक गर्न सकिन्छ ।
–एजेन्सीको सहयोगमा