×

वीरगञ्ज १ माघ । पर्सा जिल्लाको ग्रामिण भेगका नाकाहरुबाट अहिले अनुप र धर्मेन्द्र भन्ने चल्ला तस्करले व्यापाक रुपमा तस्करी गरिरहेको जानकारी प्राप्त भएको छ ।

अनुप र धर्मेन्द्र भन्ने चल्ला तस्करहरुले सिमावर्ती भारतिय बजारबाट प्रतिबन्धित कुखुराको चल्ला भारतिय नम्बरको मोटरसाईकलमा लोड गरी नाकामा रहेका प्रहरीको सहयोगमा पर्साको ग्रामिणतर्फ भित्रियाईरहेको पाइएको हो ।

उनीहरुले ग्रामिण नाका अमरपट्टि, झौवा र धोरे हुँदै रातीको समय मोटरसाईकलमा कुखुराको चल्ला लोड गरी सिमामा खटेका प्रहरीहरुलाई घुस दिएर चल्ला नेपाल भित्र्याउने गरेको स्थानीय बताउँछन् । 

उनीहरुले प्रहरीलाई मासिक रुपमै पैसा दिएर खुल्लेयाम तस्करी गरिरहेका हुन् । प्रहरी र प्रशासनलाई यस सम्बन्धमा जानकारी हुँदाहुँदै पनि उनीहरु विरुद्ध कुनै कारवाही नभएको स्थानीय बताउँछन् ।

Back to top