×

वीरगञ्ज, १ माघ ।  पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवागुठीमा निःशूल्क रुपमा मास्क वितरण गरिएको छ । 

सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट अमरपट्टी र प्रहरी चौकी अमरपट्टीको सयुक्त आयोजनामा मास्क सम्बन्धी जनचेतना जगाउँदै मास्क वितरण गरिएको हो । 

मास्क लगाउने बानी छुटिसकेको हुँदा पुनः बढ्दै गरेको जोखिमपुर्ण अवस्थामा नागरिकलाई सचेत बनाउन मास्क वितरण गरिएको सशस्त्र प्रहरी निरिक्षक होम खत्रीले जानकारी दिए । 

माक्सको प्रयोग गर्न प्रोत्साहन गर्नका लागि विन्दवासिनी गाँऊपालिकाको सहयोगमा माक्स वितरण गरिएको प्रहरी चौकी अमरपट्टीका प्रहरी नायव निरिक्षक रबिन्द्र साहले बताए । 

जिल्ला सदरमुकाम वीरगञ्जमा माक्सको प्रयोग भएपनि ग्रामिण क्षेत्रमा अँझै पनि अधिकांशले माक्स नलगाएको पाईन्छ । जनचेतनाको अभावमा माक्स नलगाउदा संक्रमण बढ्ने जोखिम रहेको छ । 
जोखिम कम गर्न र संक्रमण फैलिन नदिन घर बाहिर निस्कदा माक्स प्रयोग गर्न तथा खोप नलगाएका सबैलाई खोप लगाउन सशस्त्र प्रहरी निरिक्षक खत्रीले आग्रह गरेका छन् ।
 

Back to top