×

चिरञ्जीवी यादव,वीरगञ्ज, ३० पुष । कोविड-१९ को पहिलो तथा दोस्रो लहर नियन्त्रणको शिलसिलामा नेपाल प्रहरीले प्रशासनिय भुमिका निर्वाह गरेको सर्वबितिदै छ।

हाल कोबिड-१९ को न्या भेरियन्ट कोरोनाको संक्रमण क्रमिक रुपमा फैलिरहेको अवस्थामा सो संक्रमणबाट बच्न,नियन्त्र्ण तथा रोक थाम गर्नकोलागी पटेर्वासुगौली गाउँ पालिका,२ रङ्गपुरटाडीमा स्थानियहरुलाइ इलाका प्रहरी कर्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले समुदाय प्रहरी साझेदारी अन्तर्गत स्थानियहरु लाइ माक्स बितरण गर्नु भएको जानकारी गराए।

साथै कोरोनाबाट बच्नकोलागी सर्बसधारणमा सचेतना फैलाउन तथा आफू सुरक्षित हुनको निमित भिडभाड न गर्ने,न गराउने घरबाट बाहिर निसिक्दा अनिवार्य रुपमा माक्सको प्रयोग गरौ,आफू बचौ अरुलाइ पनि बचाऔ नारा सहित प्र नी थापाले ग्रामिणभेगमा रहेका हाट बजार, चौक चौराहामा स्थानियहरुलाई जानकारी गराउनु भएका थिए।

Back to top