×

वीरगञ्ज, ३० पुष । वीरगञ्जस्थित सूर्या हस्पिटलमा माघ १ गतेदेखि आमा सुरक्षा कार्यक्रम मार्फत नि:शूल्क प्रसुती सेवा सुरु हुने भएको छ ।

सुरक्षित र निःशुल्क प्रसुती गराउन स्वास्थ मन्त्रालय परिवार कल्याण महाशाखाले वीरगञ्ज स्थित सूर्य हस्पिटललाई 'आमा सुरक्षा कार्यक्रम' सञ्चालनका लागि स्वीकृति प्रदान गरेपछि माघ १ गतेदेखि अस्पतालले सेवा सुरु गरिने जनाएको हो । 

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजीक विकाश महाशाखाले मन्त्रालयको निर्देशन अनुसार सूर्या अस्पतालसँग सम्झौता गरेपछि सेवा सुरु गर्न लागिएको अस्पतालका सञ्चालक डा. सरोज सिंहले जानकारी दिए ।

अस्पतालमा विशेषज्ञ चिकित्सकबाट समान्य र जटिल प्रसुती सेवा एवम्‌ शल्यक्रिया द्वारा गरीने प्रसुती सेवा समेत निःशुल्क गर्ने गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्न आमा सुरक्षा कार्यक्रम सुचारु गरीएको डा. सिंहले बताए ।

आमा सुरक्षा कार्यक्रममा उल्लेख सेवा सुबिधा दिन आफुहरु प्रतिबद्ध रहेको बताउँदै डा. सिंहले कार्यक्रमबाट पर्सा, बारा, रौतहट लगायत विभिन्न स्थानका सेवाग्राहीले समेत सेवा प्राप्त गर्ने उनको भनाई थियो । 

५० बेड क्षमता भएको सूर्या अस्पतालले प्रस्तुति सेवासँगै अन्य उपचार पनि दिने डा. सिंहले जनाए ।

Back to top