×

फाइल तस्बिर

वीरगञ्ज २९ पुस । कोरोना सङ्क्रमण बढिरहेको बेला पनि परीक्षा लिएको भन्दै वीरगञ्ज महानगर पालिका वडा नम्बर ६ मा रहेको त्रिभुवन हनुमान माविका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

त्रिभुवन हनुमान माविका विद्यार्थीहरूले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको परीक्षामा विद्यार्थीहरूले कोरोना सङ्क्रमण बढ्दा पनि परीक्षा लिएको भन्दै विद्यार्थीहरूले प्रर्दशन गरेका थिए ।

प्रर्दशन गरे भएपछि वडा प्रहरी कार्यालय, बिर्ताको टोली गएर विद्यार्थीहरूलाई तितरबितर गरेको थियो । 

प्रहरी परिचालन गरेर भन्दै विद्यार्थीहरूले पुनः प्रदर्शन गर्दै घण्टाघरमा सडक अवरोध गर्न खोजेका थिए । त्यहाँ पनि प्रहरीले विद्यार्थीहरूलाई तितरबितर गरेको थियो ।
 

Back to top