×

रौतहट २९ पुष । लागु औषध सहित एक जना रौतहटबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नं.५ बस्ने वर्ष २० को सुमन बि.क रहेका छन् ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडडुल गरेको अवस्थामा चन्द्रपुर नगरपालिका वडा नं.५ थलही टोल स्थित भित्रि बाटो बाट पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले डाइजालेव इन्जेक्सन २ एम एल को ३२ पिस, बुप्रेनोरफाइन इन्जेक्सन ३६ पिस , फेनारगन ३९ पिस , निट्राजेपाम ट्याबलेट ३२ पिस गरि १४५ पिस लागु औषध बरामद गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Back to top