×

वीरगञ्ज, २१ मंसिर । खरिद बिल देखाउन असमर्थ विभिन्न फर्मलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले कारवाही गरेको छ ।

मंगलबार अनुगमनमा निस्क्सेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको टोलिले वीरगञ्ज महानगरपालिका भित्र सञ्चालित ७ वटा फर्मले खरिद बिल देखाउन नसकेपछि र अनुगमनमा सहयोग गरेपछि कारवाही गरेको हो । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकृत दिलिप खंग खत्वका अनुसार जिल्ला प्रशासन कार्यालयको संयुक्त नेतृत्वमा प्रहरी, वीरगञ्ज उद्योग वाणिज्य संघ, कन्जुमर आई नेपालका प्रतिनिधिहरुको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १३ स्थित न्यू गेजेटस जोन, वीरगञ्ज महानगरपालिका वडा नं. १० मा रहेको बालाजी डिपार्टमेन्टल स्टोर्स, वीरगञ्ज महानगरपालिका वडा नं ७ रेशमकोठीस्थित न्यू मेलोडी, रुची सपिङ सेन्टर, राईट च्वाइस, कादमिया स्टोर र वीरगञ्ज महानगरपालिका वडा नं. ६ मा रहेको नेपाल म्युजिक सेन्टर ले अनुगमन टोलीलाई खरिद बिल देखाउन सकेका थिएनन् ।

खरीद बिल नदेखाउँनेलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कसुर गरेकोले सोही ऐनको दफा ३९ बमोजिम कादमिया स्टोरलाई ५ हजार र अन्यलाई १० जनही १० हजार  रुपैयाँसम्म जरिवाना गरिएको छ । 

जरिवानाको रकम सात दिन भित्र बैकमा जम्मा गरि भौचर वाणिज्य कार्यालयमा पेश गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय सूचना अधिकारी खत्वेले जानकारी दिए ।

Back to top