×

वीरगञ्ज, १५ मंसिर ।  बाराको कलैया निवासी सन्तोष कुमार शर्माको दाहिने आँखाको ज्योति फर्किएको छ । विगत ३ वर्षदेखि दाहिने आँखा नदेख्ने समस्याबाट पिडित रहेका शर्माले गुमेको आँखाको ज्योती फर्काउन देश तथा विदेशका विभिन्न आँखा अस्पतालहरुमा धाए ।

बायाँ आखाबाट मात्रै उनलाई नियमित कामकाज गर्न सकस भइरहेको थियो । सोही सकसलाई सहज बनाउन वीरगञ्ज आँखा अस्पताल सफल भयो । वीरगञ्जस्थित वीरगञ्ज आँखा अस्पतालका बरिष्ठ नेत्र चिकित्सक डा. चन्दन बनर्जीको सफल शल्यक्रियापछि शर्माको दाहिने आँखाको ज्योति पुनः फर्किएको अस्पतालका सञ्चालक अनवर अलीले बताए ।

देश तथा विदेशका ठूल ठूला आँखा अस्पतालहरुमासमेत उपचार गराउँदा नफर्किएको शर्माको दाहिने आँखाको दृष्टि वीरगञ्ज आँखा अस्पतालबाट फर्किएपछि शर्माको खुशीको सिमा छैन । दाहिने आँखाबाट पनि देख्न सक्ने भएपछि शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै डा. बनर्जीसहित उनको समूह र अस्पतालप्रति आभार व्यक्त गरेका छन् ।

यद्यपी आभारको शब्द पनि अपर्याप्त हुने शर्माले यात्रा डेलीसँगको संवादमा भने । यता अस्पतालका सञ्चालक अनवर अलीले आफ्नो अस्पतालमार्फत दृष्टिबिहिनहरुको दृष्टि फिर्ता हुँदा सन्तुष्टीको आभाष हुने प्रतिक्रिया दिए ।

डा. बनर्जीले यो मात्रै नभएर यसअघि पनि थुप्रै दृष्टिबिहिनहरुको दृष्टि फर्काईसकेका छन् । 

Back to top