×

काठमाडौं । उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई जापान र अस्ट्रेलियाले भीसा दिने भएको छ । कोरोनाका कारण बन्द रहेको ती दुई वैदेशिक गन्तव्य नेपाली विद्यार्थीका लागि पुनः खुला भएको हो ।

यी दुवै मुलुक उच्चशिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् । अस्ट्रेलिया​ सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको छ ।

जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी विदेशीका लागि पर्यटक भीसाबाहेक अन्यका लागि बोर्डर खुला गरिसकेको छ । कोरोनाका कारण धेरै विद्यार्थी जापान र अस्ट्रेलिया जान नपाएर समस्यामा परेको थियो ।

Back to top