×

वीरगञ्ज, ७ मंसिर ।  पर्साको पोखरिया नगरपालिकामा तेस्रो टि २० मेयर कप क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । पोखरिया नगरपालिका वडा नम्बर ४ स्थित शेरा फिल्डमा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य प्रहलाद गिरी एवम् पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियारले गरेका थिए ।

पोखरिया नगरपालिकाको सहयोग र पोखरिया युवा समाजको आयोजनामा सुरु भएको प्रतियोगिता अन्तर्गत सोमबार भएको उद्घाटन खेलामा कालिकामाई गाउँपालिका विजयी भएको छ । बाबा ११ पोखरियालाई हराउँदै कालिकामाई गाउँपालिका विजयी भएको आयोजकले बताएको छ ।

पोखरिया युवा समाजका उपाध्यक्ष दिनेश मिश्राको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संविधान सभा सदस्य प्रधुमन चौहान, रामेश्वर रौनियार, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, लोसपाका नेता नेजामुदिन समानी लगायतको सहभागिता रहेको थियो ।

Back to top