×

वीरगञ्ज, ७ मंसिर ।  प्रदेश सरकारले प्रकाशन तथा मुद्रण सम्बन्धी काममा हुने करोडभन्दा बढी खर्च जोगिने प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले बताउनुभएको छ ।

प्रदेश मुद्रण छापाखा भवनको भूमि पुजन गर्दै मन्त्री साहले रेडबुकदेखि विभिन्न दस्तावेजसमेत आफै प्रकाशन गर्ने बताएका छन् । 

प्रदेश मुद्रण छापाखाना निर्माण भएपछि प्रकाशन तथा मुद्रण सम्बन्धी काममा हुने प्रदेश सरकारको करोडौ खर्च जोगिने मन्त्री साहको विश्वास छ । लगभग २ करोडको लागतमा निर्माण हुने प्रदेश मुद्रण छापाखानाको ठेक्का जेवि शर्मा फाउण्डेशनलाई जिम्मा दिइएको छ ।

प्रदेश मुद्रण छापाखाना भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेश सरकारका महत्वपुर्ण डकुमेन्टहरु प्रकाशन गर्न र गोपनीयता जोगाउन पनि छापाखा सहयोगी हुने बताएका छन् । 
 

Back to top