×

नेपाली बजारमा आज (साेमबार) सुनकाे मूल्यमा सामान्य वृद्धि भएकाे छ ।

प्रति ताेलामा २०० रुपैयाँले बढी ९३ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन सुन ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । 

सुनकाे मूल्य बढ्दा चाँदीकाे भने घटेकाे छ । ताेलामा १० रूपैयाँले घटी १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

Back to top