×

वीरगञ्ज, ९ कार्तिक । नेकपा एमालेको आज वीरगञ्सहित पर्सा जिल्लाका ११ वटा स्थानीय तहमा पालिकास्तरिय अधिवेशन सम्पन्न भएको छ । पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७ सय ५३ स्थानीय तहमा अधिवेशन भएको हो ।

विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन भइरहेको छ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीबाट आज दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गरेको नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजराले बताए ।

आज वीरगञ्ज महानगरपालिका सहित पर्सागढी, पोखरीया, बहुदरमाई नगरपालिका र ठोरी, पटेर्वा सुगौली, जिराभवानी, विन्दवासिनी, जगरनाथपुर, धोविनी लगायतका गाउँपालिकाहरूमा सर्वसम्मत रुपमा नगर तथा गाउँपालिका स्तरीय अधिवेशनले नेतृत्व चयन गरेको छ ।

त्यसै गरी बुधवार धोविनी गाउँपालिका, बिहीबार कालिकामाई र पटेर्वासुगौली गाउँपालिकाको नेतृत्व चयन गर्ने नेकपा एमालेका जिल्ला अध्यक्ष हजराले बताए ।

Back to top