×

वीरगञ्ज ८ कार्तिक । अर्थिक वर्षा २०७७÷०७८ को स्वास्थ्य कार्यक्रमहरु सम्बन्धि पर्साको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठी आईतबार सम्पन्न भएको छ । 

जिल्ला स्तरीय वर्षिक समिक्षा गोष्ठी स्वास्थ्य कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख नवल किशोर साहको अध्यक्षतामा भएको थियो । 

कार्यक्रमका प्रमुख अथिती जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालले गोष्ठीको उद्घघाटन मैन्बती बाली कार्यक्रम सुरु भएको थियो ।

उनले भने आफ्नो संस्थामा भैइ रहेको कमि कमजोरी सुधार गर्नुपर्ने र कोभिडको समयमा पर्सा जिल्लाका स्वास्थ्यकर्मीले दिएको योगदान प्रसन्शा योग्य रहेको छ । 

कोभिड १९ को महामारीमा यस क्षेत्रमा सरकारले दिएको लक्ष्य पुरा गराउन सम्पूर्ण स्वास्थ्यकर्मीले अहम भुमिका निर्बाह गरेको छ र समाजमा हाल शिक्षा र स्वास्थ्य क्षेत्रमा जनमानसको अपेक्ष रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । 

उनले भने अगामी दिनमा पनि समाज भित्र स्वास्थय सेवालाई अझै गुणस्तरीय कसरी हुन्छ विषयमा समिक्षा गरी अगाडी बढाँउदै लैजान सुझाव दिए ।

कार्यक्रममा जिल्ला अनुसन्धान पर्साका प्रहरी उपरीक्षक टिका पोखरेल, नारायणी अस्पतालका निमित्त मेशु डा बिरेन्द्र प्रधान, सेभ द चिल्ड्रेनका प्रतिनिधि राजेश साह, पर्सा जिल्ला भरिका गाउँपालिका तर्फाको प्रतिनिधित्व गर्दै योगेन्द्र प्रसाद चौरासीया लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा स्वागत मन्तव्य प.हे.न.न मिरा कुमारी यादवले गरेका थिइन भने कार्यक्रम संचालन ज.स्वा.नि जयमोद ठाकुर गरेका थिए । 

गोष्ठी कार्यक्रममा जिल्लाका १४ स्थानीय तहका स्वास्थ्य संयोजक, प्रतिनिधि, स्वास्थ्य क्षेत्रमा काम गर्ने गौरसरकारी संस्थाका प्रीतनिधिहरु विच छलफल भएको थियो ।
 

Back to top